शुक्रबार, बैशाख ७, २०८१

गायक पोखरेलले बौद्धिक अपाङ्गहरुको साथमा मनाए जन्मदिन

काठमाडौ असोज १८,  सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल गायक तथा बरिष्ट समाजसेवी सिताराम पोखरेलले आफ्नो जन्मदिन बौद्धिक अपाङ्ग भएका व्यक्तिहरुको साथमा मनाएका छन् । गायक पोखरेलले काठमाडौँको गोकर्णमा अबस्थित स्वास्थ्य समाज नेपालमा आश्रित बौद्धिक अपाङ्ग भएका बालबालिकालाई ६ महिना सम्म पुग्ने खाध्यन्न चामल, दाल, चिउरा,नुन,तेल, बिस्कुट, लगायत सम्पूर्ण खाने सामाग्री उक्त सस्थाकी सस्थापक अध्यक्ष सीता श्रेष्ठलाइ एक कार्यक्रमवीच हस्तान्तरण गर्नु भएको थियो ।

बिगत१४ बर्ष देखि आफ्नो जन्मदिन विभिन्न संघ, सस्था,अनाथ अपाङ्ग संग मनाउँदै आएका गायक पोखरेलले यसपाली भने बौद्धिक अपांगहरुलाई सहयोग गर्दै उनीहरुको बिचमा केक काटेर खुसियाली साटासाट गरेका थिए । त्यसअवसरमा गायक पोखरेलको धर्मपत्नी रमा पोखरेल, सुपुत्रद्दय नायक तथा अमेरिकन आर्मी सिबिर पोखरेल, युवा ब्यबसायी सिजन पोखरेल सहित संचारकर्मी श्याम स्मृत लागायतका स्थानिय समाजसेवीको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30