बुधबार, बैशाख १२, २०८१

कार्यकारी निर्देशक खड्का मन्त्रालय तानिए

 कार्यकारी निर्देशकको  जिम्मेवारी निर्देशक सुशील भट्टराईलाई

काठमाडौ कार्तिक १३, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का आपूर्ति मन्त्रालय तानिएका छन् । सोमबार आपूर्तिमन्त्री जयन्त चन्दले खड्कालाई मन्त्रालय तान्ने निर्णय गरेको हो । मन्त्रालयले निर्वाचन आयोगको अनुमतिपछि खड्कालाइ मन्त्रालयमा हाजिर गराउन औपचारिक पत्रसमेत पठाइसकिएको मन्त्रालयले जनाएको छ  । त्यस्तै  मन्त्रालयले निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ ।

 यसअघि आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेपछि सरकारले पदमुक्त गरेका खड्का अदालतको आदेश पछि पुनः काममा फर्केको थियो ।  खड्काविरुद्ध निगमको जग्गा खरिद प्रकरणबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ  ।