बिहिबार, चैत्र १५, २०८०

काँग्रेस लोकतान्त्रिक गठवन्धन शक्ति सहित आसन्न निर्वाचनमा जाने

 लोकतान्त्रिक गठबन्धनका लागि काँग्रेसको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन

 काठमाडौं असोज १८, नेपाली काँग्रेसले लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेको छ । एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेल इवम् पार्टीएकता गरेसंगै काँग्रेसले पनि लोकतान्त्रिक गठवन्धन बनाउने निर्णय गरेकोछ ।  आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठवन्धन बनाउनेको विकल्प नभएको भन्दै लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै कार्यदलमा काँग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट १/१ जना सदस्य रहने निर्णय गरिएको बैठक पछि काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभएको छ । 

 त्यस्तै राजपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठवन्धन कायम गर्दै मुलुकमा  लोकतन्त्र पक्षधर शक्तिहरुको जितको वातावरण बनाइने जनाएको छ । साथै बैठकमा सहभागी शीर्ष नेताले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सामूहिक रुपमा एकताका साथ अगाडि बढ्ने दृढता व्यक्त गर्नुको अलावा गर्दै  बैठकमा सहभागी छ दलसँग ३०२ जना सांसद रहेको स्पष्ट पार्दै नेता निधिले यही सरकारले निर्वाचन सम्पन्न गराउने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राजपा नेपालका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरालगायतका नेताको उपस्थिति रहेको थियो ।