शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस र लोकतान्त्रिक फोरमबीच एकाकार

  •  राजपा सहमहामन्त्री धाडेवाल पनि काँग्रेसमा
  • नेपाल समता पार्टी काँग्रेसमा समायोजन

काठमाडौ असोज ३०,  नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता घोषणासंगै नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ । दुई दलबीच आइतवार भएको गहन संवादपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका वीच एकताको घोषणा गरिएको हो ।
पार्टी एकतापछि विभिन्न हैसियतमा रहेका लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरुलाई हैसियत अनुसारको पद र जिम्मेवारी दिइने सहमति भए अनुरुप लोकतान्त्रिक फोरमका अध्यक्ष रहँदै आएका विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति वा महामन्त्रीको जिम्मेवारी दिइने भएको छ भने लोकतान्त्रिक फोरमका नेता जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउने भएको छ ।

यसैवीच नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नै निवासमा आयोजित एक कार्यक्रमबीच आजै राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री दिलिप धाडेवाल लाइ नेपाली कांग्रेसमा प्रवेश गराउँनु भएको छ । राजपा सहमहामन्त्री धाडेवाललाई पनि काँग्रेसले पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी दिइने भएको छ ।  त्यस्तैगरि आजै   नेपाल समता पार्टी पनि  काँग्रेसमा समायोजन भएको छ ।  काँग्रेसका  सभापति एवम्   प्रधानमन्त्री  शेरवहादुर देउवाले  समतापार्टीका अध्यक्ष आङ्देण्डी शेर्पा, महामन्त्री विक्रमबहादुर कुँवरलगायत नेता कार्यकर्तालाई टीकामाला लगाई पार्टीमा प्रवेश गराउनुभएको थियो  ।