बुधबार, बैशाख १२, २०८१

काँग्रेस–माओवादी गठबन्धन भत्काउँन एमालेले चुनावी तालमेलको पासा फ्याक्यो

काठमाडौं असोज १५, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज बसेको स्थायी समितिको बैठकले आसन्न संघीय र प्रदेशिक संसदको चुनाव तयारी र प्रदेश नम्बर २ को चुनावी समीक्षा गरेको छ । बैठकले आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै शक्ति उपयोग गरेर पार्टीलाइ पहिलो बनाउँदै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने वातावरण बनाउनु पर्ने निर्णय गरेको छ ।  अनौपचारिक भनिएको आजको निर्वाचन केन्द्रीत एमाले बैठकले काँग्रेस–माओवादी गठबन्धन भत्काएर वामपन्थी गठबन्धन बनाउनका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रस्ताव समेत गरेको छ ।

त्यस्तै बैठकले प्रदेश २ को स्थानीय चुनावको समीक्षा गर्दै एमालेले सत्तापक्षको, साम दाम दण्ड भेद र घेराबन्दीका वावजुद पनि उक्त प्रदेशमा दोस्रो मत प्राप्त गरेकोमा सन्तोष ब्यक्त गर्दै प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सवैभन्दा ठूलो बनाउने गरि लाग्न पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालित हुन आग्रह गर्दै विवाद र गुट उपगुटको राजनीति त्यागेर एकढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाइ निर्देशन दिईएको छ ।