मङ्लबार, बैशाख ११, २०८१

काँग्रेसले आज प्रजातान्त्रिक शक्तिवीचको एकता अभियानको धारणा सार्वजनिक गर्ने

काठमाडौं असोज १८ , सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका संघारमा मंगलवार कम्युनस्टि पार्टीहरूबीच भएको चुनावी गठबन्धनको घोषणा पछि  काँग्रेसका शीर्ष नेताहरूको मंगलबार बसेको अनौपचारिक बैठकले एमाले–माओवादी–नयाँ शक्ति तालमेलले सत्ता गठबन्धनमा कुनै अप्ठेरो नपर्ने निष्कर्ष सहित काँग्रेसले पनि प्रजातान्त्रिक शक्तिहरूसँग एकता अभियान अन्र्तगत अगाडि बढ्नु पर्नेमा अभिमत प्रकट गरेका छन ।

 त्यस्तै नेताहरुले यसको लागि काँग्रेसले लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायत दलसँग ‘बृहत् प्रजातान्त्रिक एकता’का साथ अघि बढ्नुपर्ने निष्कर्षको पहिचान गर्दै आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट औपचारिक धारण बनाउँने भएको छ ।

यसैक्रममा काँग्रेु सभापति देउवाले मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको सवालमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष कमल थापा र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग छलफल गरेका थिए भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपाललगायतसँग परामर्श गर्ने तयारी गरेको थियो ।