शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं कार्तिक १४, ’कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मुल नारा सहित नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा पार्टीको घोषणापत्र तयार भईसकेकोले आज दिउँसो घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरिएको कांग्रेस मुख्यालयले जनाएको छ ।

 त्यस्तै घोषणा पत्रमा मुलकमा भएको बाम गठबन्धन आक्रोश व्यक्त गरेको छ । मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,” कांग्रेसले आफ्नो घोषणापत्रमा भनेको छ, मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पुयाएको उल्लेख गरिएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रलाई अवसरवादी प्रवृत्ति भनेको छ । देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा माओवादी केन्द्रले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेन । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो नेकपा माओवादी केन्द्रभित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ । माओवादी केन्द्रको यो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ, घोषणापत्रमा भनिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30