शनिबार, बैशाख ८, २०८१

आसन्न निर्वाचनमा सेनालगायत चारवटै सुरक्षा निकाय परिचालित हुने

 उच्चस्तरीय सुरक्षा समितिको बैठक: 

काठमाडौ असोज २७ , निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गृह मन्त्रालयले बनाएको सुरक्षा कार्ययोजना ज्यादै उपयोगी र व्यावहारिक रहेको निष्कर्ष निकालेको छ ।  आयोगमा विहिवार निर्वाचन लक्षित उच्चस्तरीय सुरक्षा समितिको बैठकमा स्थानीय तहका तीनै चरणको निर्वाचनको अनुभवका आधारमा मन्त्रालयले तयार गरेको सुरक्षा योजनामाथि छलफल गरिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । १० गते हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा त्यस्तै गरि पहाडी र तराई मधेशका ४५ जिल्लामा मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।

त्यस्तै जारी विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, रक्षा सचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतका उपस्थिती रहेको उक्त बैठकमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने जानकारी गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सुझावसमेत प्रस्तुत गरिएको थियो । त्यस्तै नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महतले निर्वाचनमा आवश्यक सुरक्षा गर्नै तथा नेपाली सेना मातहतका साधानको प्रयोग गर्न तयार रहेको बताउनुभएको थियो

त्यस्तै आसन्न निर्वाचनमा राष्ट्रिय नेताहरूबीच समेत प्रतिस्पर्धा हुने भएकाले उहाँहरूको सुरक्षाको आवश्यक व्यवस्था मिलाई स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माणका लागि उचित सुरक्षा प्रबन्ध सहित सुरक्षा कार्ययोजनामा सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको पहिचान, मतदान क्षेत्र ,मतदाता र मतगणना स्थलको सुरक्षा लगायतका विषयमा छलफल गरिएको उल्लेख गरिएको छ ।