बिहिबार, बैशाख १३, २०८१

आयोगद्दारा टोपी, टी–शर्ट, गम्छाको उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

आचारसंहिता विपरीत हुने सामग्री उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाइका साथ रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय/जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन

काठमाडौं कार्तिक ५ , निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ ।  निर्वाचनलाइ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन आयोगले निर्वाचन चिह्नअंकित त्यस्ता सामग्रीको उत्पादन, बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै सवज्ञप्तिमा आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रजिअ, क्षेत्रीय÷जिल्ला निर्वाचन अधिकारीलाई आचारसंहिता विपरीत हुने सामग्री उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाइका साथ रोकथाम र नियन्त्रण गर्न निर्देशन दिदै निर्वाचन प्रचारप्रसारमा त्यस्ता सामग्री प्रयोग गरेको पाइएमा जफत गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारबाही गर्न भनेको छ ।