मङ्लबार, बैशाख ११, २०८१

आयुर्वेद ऋषि कमलानन्द ब्रह्मलिन

काठमाडौं असोज १८, आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमानउनु भएका त्रिकालदर्शी ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) आफ्नै निवास भरतपुर महानगरपालिका कृष्णपुरमा मङ्गलवार साँझ साढे नौ बजे ब्रह्मलिन हुनुभएको छ ।  वि.सं. १९९२ बैशाखमा पिता गुरुप्रसाद र माता रम्जनतादेवि भण्डारीका कान्छा छोराको रूपमा पर्वत जिल्लाको हुवास अन्तर्गत किक्रिकमा जन्मनु भएका कमलानन्द सरस्वतीमा ज्योतिष फलादेशको क्षेत्रमा फरक क्षमता थियो । समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भविष्यवाणी गरेर चर्चा आउनु हुने उहाँले राजा महेन्द्रको मृत्युको भविष्यवाणी गर्दा केही दिन जेल पर्नु परेको थियो ।
ज्योतिष फलादेशको क्षेत्रमा पृथक खुवी भएका उहाँलाई विलक्षण ज्योतिष प्रतिभाको कदर गर्दै संपूणानन्द विश्वविद्यालयमा भएको अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलनले त्रिकालदर्शीको उपाधिले विभूषित गरेको थियो भने आयुर्वेद उपचारको उत्कृष्ट ज्ञान एवं सेवाको कदर गर्दै नेपाल आयुर्वेदीय संस्थाले आयुर्वेद ऋषिको उपाधिबाट विभूषित गरेको थियो ।

ब्रिटेनकी राजकुमारी डायनाको दुर्घटनामा मृत्यु हुने उहाँको भविष्यवाणीले अन्तर्राष्ट्रिय चर्चा बटुलेको थियो । २०५१ सालमा गिरीजाप्रसाद कोइरालालाई मध्यावधी नगर्न सल्लाह दिनु भएको र सो कुरालाई कोइरालाले नमान्दा   काँग्रेसले पराजय भोग्नु परेको कुराले पनि निकै चर्चा पाएको थियो । यस्ता भविष्यवाणी उहाँले धेरै गर्नु हुन्थ्यो जुन पूरा हुन्थ्ये ।  ज्योतिष फलादेशको क्षेत्रमा पृथक खुवी भएका उहाँलाई विलक्षण ज्योतिष प्रतिभाको कदर गर्दै संपूणानन्द विश्वविद्यालयमा भएको अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलनले त्रिकालदर्शीको उपाधिले विभूषित गरेको थियो ।
स्व. कमलानन्द सरस्वतीका दुई श्रीमती, पाँच छोरा, दुई छोरी हुनुहुन्छ ।