शुक्रबार, चैत्र १६, २०८०

आफ्नै छोराले गरे आमाको निर्मम हत्या

काठमाडौं असोज २२,  छोराले जन्म दिने आमाको हत्या गर्यो भन्ने सुन्दा जोकोहि पनि अक्कन वक्क हुनु स्भाविकै हो । तर दोलखामा यस्तै घटना भएको छ । भीमेश्वर नगरपालिका वडा न –८ बस्ने ३५ वर्षीय कुमार बस्नेतले आफ्नै आमा खड्गमाया बस्नेतलार्ई बारीमा घाँस काटिरहेको अवस्थामा दाउराले टाउकोमा प्रहार गरीे निर्मम हत्या गरेका छन् ।

प्रहरीका अनुसार के कति कारणले बस्नेतले आफ्नी आमाको हत्या गरेको हो सोको अनुसन्धान भइरहेको जनाउँदै टाउकोमानै प्रहार गरेका कारण खड्गमायाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । कुमार अहिले प्रहरी नियन्त्रणमा रहेको छ । फोटो: गुगल