शुक्रबार, चैत्र १६, २०८०

आजदेखि छठपर्व विधिपूर्वक सुरु

काठमाडौं कार्तिक ७, दिपावली पर्वको समापन सङसङगै सुरुहुने छठपर्व आजदेखि विधिपूर्वक सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन आज नहा खा अर्थात् नुहाएर खाने गर्दछ विधि गर्दै ब्रतालुले पर्वलाइ स्वागत गरेका छन । त्यस्तै पर्वको दोस्रो दिन बुधवार खर्ना मनाइनेछ ।

खर्नाका दिन ब्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँने गर्छन भने षष्ठीका दिन अर्थात् विहिवार साँझ अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ अर्पण गर्छन् । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ ।

छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा राजधनीको टङकेश्वर, गौरी घाट र शङखमूल लगायतका नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।

त्यस्तै त्यसको भोलिपल्ट शुक्रवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो९याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने गरिन्छ । सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ ।