बुधबार, बैशाख १२, २०८१

आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता

  • मनोनयन दर्ताका लागि बिहान १० देखि अपराह्न ५ बजेम्मको समयसिमा

  •  पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचन हुँने

  •  पहिलो चरणको निर्वाचनमा ४ हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र मार्फत ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्ने

 काठमाडौं कार्तिक ४, आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्र्तगत पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ताका लागि बिहान १० देखि अपराह्न ५ बजेम्मको समयसिमा तोकिएको र निर्वाचनमा उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउन प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन र सहीछाप त्यस्तैगरि  प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद लगायतका कागजात सहित पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणको निर्वाचन हुनेछ ।

पहिलो चरणको निर्वाचनमा ४ हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र मार्फत ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्ने भएको छ ।