बिहिबार, बैशाख १३, २०८१

अपरान्ह ३ बजे व्यवस्थापिका संसदको अन्तिम बैठक

  •  २४ महिनाअघि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसद्को अन्त्य हुँदै

 काठमाडौ असोज २७,  आज अपरान्ह ३ बजे २४ महिना अघि संविधानसभाबाट व्यवस्थापिका संसदमा रुपान्तरित संस्दको अन्तिम बैठक आज बस्दैछ । निर्वाचन आयोगले आइतबारसम्म असोज २९ गतेस समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ । सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बोलाइएको सभामुखको निजि सचिवालयले जनाएको छ ।

त्यस्तै मुलुकमा जारी नयाँ संविधानको भावना अनुरुप बन्नु पर्ने आवश्यक कानूनका लागि दर्ता भएका ८० भन्दा बढी विधेयक यसवीचमा पारित गरेको जनाउँदै संसद सचिवालयले वर्तमान संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म रहने भए पनि संविधानको संक्रमणकालीन व्यवस्थामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्रै व्यवस्थापिका संसद् कायम रहने उल्लेख हेको जानकारी दिएको छ ।

 संसदको आजको अन्तिम बैठकमा राष्ट्रिय सभा निर्वाचन विधेयक र चिकित्सा शिक्षा विधेयकको टुंगो लाग्न नसकेका कारण सकेको छैन । प्रमुख दलबीच सहमतिको प्रयास भइरहेको र संभवत आजको बैठकलेनै यसलाइ सम्बोधन गर्ने आंकलन गरिएको छ ।