बिहिबार, बैशाख १३, २०८१

अध्यक्ष गौचनको हत्यापछि महासचिव देउजालाई मंगोलियन लवजमा फोनमा धम्की

 अध्यक्ष शवयात्रा सहित पशुपति आर्यघाटमा आजै पार्थिव शरिरको दाह संस्कार गरिने 

काठमाडौं असोज २६ , नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिने गरी तारन्तार फोन आयो । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हलो, को बोल्नु भयो ?  उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्र सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो ।  ‘बारम्बार फोन आइरहेको थियो । एक कलमात्र उठाउन सकें,’ देउजाले भने, ‘लवज मंगोलियन भए पनि त्यति प्रष्ट सुनिएन ।’

सोमबार दिउँसो बानेश्र खरीबोट नजिकै घरबाट अनामनगरमा रहेको महासंघको कार्यालय हिँडेका गौचनको गोली हानेर हत्या भएपछि निर्माण व्यवसायीलाई तारन्तार फोन कल आइरहेको छ । बुधबारसम्म १० जना व्यवसायीले आफूलाई धम्की आएको जानकारी गराइसकेका छन् ।  धम्कीको फोन भारतबाट : व्यवसायी, प्रहरी र सञ्चारकर्मीलाई अएको फोनको आधारमा स्थान पहिल्याउँदा सबै कल भारतबाट आएको देखिएको अनुसन्धान सम्बद्ध स्रोतले बतायो । सबै कल इन्टरनेटमार्फत आएको थियो । –नागरिक दैनिकबाट

यसैवीच निर्माण व्यवसायी महासघंका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरिरमा अन्तिम महासंघ सचिवालयमा श्रद्धान्जली सहित । मध्यान्ह १२ बजे पछि अनामनगरबाट शवयात्रा गर्दै पशुपति आर्यघाटमा पार्थिव शरिरको दाह संस्कार गरिने भएको छ ।  त्यस्तै अन्तिम श्रद्धान्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पशुपति आर्यघाटमा उपस्थिती हुनुहने बताईएको छ ।