काठमाडौ असोज २० , काठमाडौँ जिल्लाको नजिक रहेको पर्यटकीय स्थल फर्पिंगमा पहिलो पटक प्रथम फर्पिंग महोत्सब २०७४ असोज २३ गते बाट कार्तिक ३ गते सम्म हुने भएको छ । आउदै गरेको शुभ दिपावली र नेपाल संवतलाइ मध्यनजर गर्दै त्यस क्षेत्रमा रहने स्थानियलाइ सर्ब सुलभ तरिकाले सम्पूर्ण सामान एउटै थलोमा उपलब्ध गराउने उदेश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
लामो समय देखि नेपालका विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र टर्निटो क्लस्टरको संयुक्त आयोजनामा धार्मिक, सास्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण स्थल फर्पिंगको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र फर्पिंग क्षेत्रलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले दिएका छन ।।
उक्त मेलामा २ सय भन्दा बेसी स्टलबाट २५ देखि ५० प्रतिसत सम्म छुटको अवसर सहित सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समान देखि लिएर लत्ता कपडा, जुत्ता, कृषि तथा हस्तकलाका समान, भाडाकुडा, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समान पनि उपलब्ध गराइनुको अलावा मेलामा प्रवेश निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।
करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको प्रस्तुत मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी सहित मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ सस्थाका अध्यक्ष्य महतले आव्हान समत गरेका छन ।