शनिबार, बैशाख ८, २०८१

चच हुई चच हुई………सरररररर

काठमाडौं असोज १३ , रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने पिङको मजाको कुरा गरिसाध्य छैन ।   वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने परम्परागत चलन अनुरुप विशेषगरी दशैंको बेलामा छुट्टै महत्व वाकेको पिङको परम्परागत मान्यता लोप नहोस भनेर गाउघरमा मात्र नभएर आज भोली राजधानी आसपासका क्षेत्रमा समेत पिङ राख्ने गरिएको पाइन्छ । यसैक्रममा स्थानीय सतुङ्गलस्थित विष्णुदेवी मन्दिर परिसरमा राखिएको पिङमा रमाउँन बालबालिका देखि युवायुवती चच हुई चच हुई गरी पिङमा मच्चिएको दृष्य आफैमा मनमोहक रहेको थियो ।

तर आज भोली नेपाली मौलिक परम्परा तथा संस्कृतिसंग जोडिएको पिङको महत्व आधुनिक जीवनशैलीसँगै विस्तारै हराउँदै गएपनि यदाकदा संस्कृति लोप हुन दिनु हुन्न भन्दै जाडपर्वको अवसरमा पिङ राख्ने गरिएको विष्णुदेवीका स्थानीय हाम्रा सहकर्मीलाइ बताए ।