बुधबार, बैशाख १२, २०८१

चण्डी वावाको सन्देश-द्वादशश्लोकी चण्डी साधना सूत्र (पूर्णपाठ सहित)

काठमाडौं असोज ३ ,  (धर्म संस्कृति)

हामी चेतनसिल प्राणी मानवजाती  सेलाएको एक शौर्य पिण्ड हौ । हाम्रो पिण्डको संचालिका भनेकी माता चण्डी कुण्डलिनी महाशक्ती हुन । यसैले म सुझाब का साथ भन्दछु ” चण्डी जगाउ तिमी जाग्दछौ ” । तिमी जागे समाज जाग्दछ , समाज जागे देश जाग्दछ र तिम्रो देश जाग्यो भने एक दिन सारा संसार जाग्ने छ ।संसारमा सनातन सभ्यता र सस्कृतीले ब्यापकता लिने छ । कलहको युग कलि मा शान्ति,संवृद्धी र सफलता हाँसिल गर्न माता महाकालीको साधना गर्नु निर्विकल्प अपरिहार्य छ । जीवनलाई साधना को यात्रा मा समर्पित गर्दै गरेको साधनारत साधकले लोकहित र कल्याण हेतु हरेक मनुष्य को सरल र सफल जीवनको चाहना र कामना गर्नु नै सच्चा साधक धर्म हो भन्ने ठान्दछु । आक्रन्त विश्व परिवेशमा चाहना, परिस्थिति र परिवन्धले रूमलिएको मनुष्य जातीको हित र कल्याणका लागि श्रद्धेय गुरूदेव अखण्डेश्वर चण्डी वावा ज्यु द्वारा तत्वाभिषेक महादिक्षा मार्फत आफुलाई प्राप्त सहश्रसती द्वादशश्लोकी चण्डी साधना सूत्र जन हित का लागि उजागरित गरेको छु । नित्यको निरन्तरतामा रहेर यो सिद्ध प्रमाणित चण्डी साधना सूत्र लाई साधनाको नियमको पूर्ण पालना गरी पाठ गर्दै गएको खण्डमा कुण्डलिनी महाशक्ति जागरण गर्ने देखी क्रिया योग सम्म पूग्न सकिने सुनिस्चित छ ।  जय मा चण्डी जय अघोर । पूर्णपाठको लागि  यहाँ क्लिक गर्नुहोला  
सहश्रसती द्वादश श्लोकी चण्डी (1)-1