शुक्रबार, बैशाख १४, २०८१

दशैँ, तिहार र छठलाइ दृष्टिगत गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा

काठमाडौ भाद्र १६,  आसन्न नेपालीहरुको महान पर्व वडा दशैँ, तिहार र छठलाइ दृष्टिगत गर्दै आपूर्ति मन्त्रालयअन्तर्गतका सेवाप्रदायक संस्था साल्ट ट्रेडिङ Anup_20160917_8Anup_20160917_2 Anup_20160917_7 Anup_20160917_10 Anup_20160917_9नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ र दुग्ध विकास संस्थानले आजबाट राजधानीका विभिन्न क्षेत्रमा सहुलियत दरका सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका छन ।    राजधानीमा सुपथ मूल्यको पसलको शुभारम्भ गर्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले पर्वको अवसरमा उपभोक्ताले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्न सकोस भन्दै यस किसिमको पुल सञ्चालनमा ल्याईएके बताउँदै उपभोक्ता सुपथ मूल्यको पसलबाट लाभाम्वित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै सुपथ मूल्यको पसल सञ्चालन सभारम्भ कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ नेशनल ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक लवराज जोशी, दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाले लगायतले सुपथ मूल्यको पसलको विशेषता प्रवाह हुने सेवाको सवालमा जानकारी दिनु भएको थियो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले तीनवटा घुम्ती सेवा सहित राजधानीको कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, त्यस्तै ललितपुरको जावलाखेल,भक्तपुरको सूर्यविनायक त्यस्तैगरि उपत्यका बाहिर बनेपा, विराटनगरलगायत क्षेत्रमा आजबाट सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।  सुपथ मुल्य पसलमा विशेषगरी दैनिक उपभोग्य सामान नून, चिनी, चामल, तेल, पिठो, गेडागुडी, दाल, दुग्धजन्य पदार्थ उपभोक्ताले सहजरुपमा प्राप्त गर्न सक्ने साल्ट ट्रेडिङ कर्पोरेशन जिम्मेवार अधिकारी वज्रेस झाले जानाकारी दिनु भएको छ ।