शनिबार, बैशाख ८, २०८१

१७ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक, काँग्रेस अग्रस्थानमा

काठमाडौं असोज ५,  प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । यस सम्बन्धमा निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले १७ वटा स्थानीय तहको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएको जनाएको छ

870880256जेइओसी प्राप्त पछिल्लो जानकारी अनुसार प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस छ, एमालेले चार, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम२/२ र राजपा १ स्थानीय तहमा विजयी भएको जनाएको छ ।

त्यस्तै  मतगणना बाँकी रहेका ११८ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना चालु गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।