शनिबार, बैशाख ८, २०८१

१३६ मध्ये १३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौ असोज  ९, गत असोज २ गते भरयकाृ प्रदेश नं २ अन्र्तगतका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।   870880256निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रले दिएको पछिल्लो जानकारीनुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, माओवादी केन्द्र २१, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएको जनाउँदै अव बाँकी चार स्थानीय तह र १९ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको जनाएको छ ।

यसैगरी केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार जम्मा १ हजार २७१ वडामा भएको निर्वाचन परिणाम मध्ये १ हजार २३८ वडाको मतगणना सम्पन्न भएको आयोगले जनाएको छ । ।