शुक्रबार, चैत्र १६, २०८०

१३३ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौ  असोज ११,  असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये मंगलबार अपराह्न ४ बजेसम्म १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगन्ज Captureमहानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।

वीरगन्ज नगरपालिकाको तीनवटा वडाका मतपेटिका खोली मतगणना सुरु भइसकेको छ भने राजविराज नगरपालिकाको पाँचवटा वडाको मतगणना गर्न बाँकी रहेको छ । जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २५६ वडाको मतगणना कार्य सम्पन्न भएको छ र तीनवटै नगरपालिकाको गरी अब १५ वटा वडाहरुको मतगणना गर्न बाँकी रहेको आयोगले जनाएको छ ।