शुक्रबार, चैत्र १६, २०८०

१२९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौ असोज ८,  प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये बजेसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको आयोगले जनाएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीबाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली 870880256काँग्रेस ३७, एमालेले १७, माओवादी केन्द्रले २१, राजपाले २४, संघीय समाजवादी फोरम नेपालले २४, नेपाल लोकतान्त्रिक फोरम ३ , नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी प्राप्त गरेको जनाएको छ ।

त्यस्तै १ हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म २ हजार २२३ वडाको मतगणना कार्य सकिएको ४८ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको आयोगले जनाएको छ ।