बिहिबार, चैत्र १५, २०८०

०४७को संविधानको पुन:स्थापनाको अभिष्ट सहित वरिष्ठ अधिवक्ता न्यौपानेको अध्यक्षतामा पुरानो शक्ति पार्टी घोषणा

काठमाडौं भाद्र ३१ , वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेको अध्यक्षतामा आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच पुरानो शक्ति पार्टी नेपालको घोषण सभा तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  कार्यक्रममा पुरानो शक्ति पार्टीको आवश्यकता औचित्य माथि प्रकाश पार्दै  पार्टी अध्यक्ष न्यौपानेले पार्टीको IMG_20170916_123034मुलत लक्ष्य भनेको मुलुक इतिहासको अत्यन्त कठिन र भयावह अवस्थामा पुगेको विदेशीको इशारामा लाडिएको संघीयता सहितको संविधानको खारेजी गर्दै मुलुकको राष्ट्रिय अस्मिताको संरक्षणका लागि ०४७ सालको संविधानको पुर्नस्थापना गर्नुको विकल्प नभएको निष्कर्ष सहित   २१ सदस्यीय  पुरानो शक्ति पार्टी अस्तित्वमा आएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले घोषणा सभा कार्यक्रममा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा नेपाली नेताहरुको गलत शोचका कारण देशको राजनीतीक , आर्थिक र समाजिक अवस्था दिनानुदिन विग्रदै मुलुकको राष्ट्रियता कमजोर भएको र यसले गर्दा मुलुकको अस्त्विमा माथिनै गम्भीर संकट सिर्जना भएको बताए ।  साथै उहाँले अहिले मुलुकका नेताहरुको अकर्मण्यताका कारण बहुसख्यक नेपालीले ०७२सालमा जारी संविधान भन्दा ०४७ सालमा जारी नेपाल अधिराज्यको संविधानको आवश्यकता महसुस गरेका कारण नै पुरानो शक्ति पार्टीले प्रस्तुत अभियान सुरु गरेको बताउँनु भएको छ ।

कार्यक्रममा पार्टीका महासचिव आरजु थापा, गोरक्ष जागरण अभियानका अध्यक्ष बलभद्रनाथ योगी , एकिकृत राप्रपा पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी शिष सम्शेर जवरा लगायतका वक्ताहरुले पार्टाी घोषणाको स्वागत गर्दै सफलताको कामना गर्नु भएको थियो ।