बिहिबार, बैशाख १३, २०८१

सामाजिक सञ्जाल मार्फत ठगीधन्दा चलाउँदै आएकी शेर्पा पक्राउ

काठमाडौं भाद्र १७,  सामाजीक सञ्जाल फेसबुकमार्फत आकर्षक प्रलोभन दिदै ठगी गर्दै आएक सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेका छन ।

Facebook-logoप्रहरीले शेर्पालाइ विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर दर्जनौं नेपालीलाई ठगी गर्दै आएको र यस क्रममा उनको मिलोमतो विदेशी गिरोहसँग पनि रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शेर्पाले गिरोहसंगैको मिलोमतोमा ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको जनाउँदै डगी सम्बन्धी परेको उजुरीको आधारमा अनुसन्धान गर्दा शेर्पा पक्राउ परेको जनाएको छ ।