शुक्रबार, चैत्र १६, २०८०

सनराइजद्दारा शोधपत्रका लागि आर्थिक सहयोग

काठमाडौं भाद्र २९ , सनराइज बैंक लिमिटेड र त्रिभूवन विश्वविद्यालय,  केन्द्रीय व्यवस्थापन विभाग बिच भएको सम्झौता अनुरुप त्रि.वि.वि का एम.वि.एस. मा अध्ययनरत ६ जना शोधकर्ताहरुका  बुधवार लागि जनही ३० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

sunrise hd 3 (1)त्रि.वि.वि ब्यवस्थापन संकायको  केन्द्रीय विभागले विद्यार्थीहरुको छनोट गरेर बैंकलाई सिफारिस गरेका ति ६ जना विद्यार्थीहरुलाइ बैंककोे तर्फबाट बैंकका नायव महाप्रबन्धकद्धय श्रीमती आशा राणा अधिकारी र श्री रविन कुमार नेपाल ले त्रि.वि.वि मा एक कार्यक्रमका वीच शोधकर्ताहरुलाई प्रदान गरेको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  कार्यक्रममा त्रि.वि.वि  को,  केन्द्रीय व्यवस्थापन विभागका प्रमुुख प्रा.डा.भोज राज अर्याल लगायत त्रि.वि.वि को अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।