शुक्रबार, चैत्र १६, २०८०

विस्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन, शनिबार रातिदेखि सीमा नाका बन्द हुने

काठमाडौं भाद्र ३१,  असोज २ मा हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएको छ । विस्फोटक पदार्थ तथा हातहतियारको नियन्त्रण गर्न आठवटै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन गरी दिनभर जाँच गरिने अवर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित रहेको छ ।  प्रकाशित खवरमा खासगरी विस्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको संघीय प्रहरी एकाइ जनकपुरका एसएसपी सुवासचन्द्र चौधरीले बताए । तालिम प्राप्त कुकुरले सुँघेर विस्फोटक पदार्थ पत्ता लगाउँछ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत केही समूहले मतदाता तर्साउन सुतली बम तथा Captureसिलिन्डर बम विस्फोट गर्दै आएका छन् ।
सोमबार हुने निर्वाचनका लागि उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतजस्तै तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । आठ जिल्लामा करिब ६८ हजार सुरक्षाकर्मी खटिनेछन् । सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा विभाजन गरिएको छ । सामान्यमा सात, संवेदनशीलमा नौ तथा अति संवेदनशील मतदान केन्द्रमा ११ जना प्रहरी खटाउने केन्द्रीय सुरक्षा समितिले तय गरेको छ । बाहिरी घेरामा सेनाले समेत सुरक्षा प्रदान गर्नेछ । त्यस्तै, दुई ठाउँमा सेनाको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।

बुथ कब्जा नै प्रमुख चुनौती :  कतिपय स्थानमा बुथ कब्जा गर्ने तयारी भइरहेको सूचना राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा दिएको छ । जसका कारण प्रहरीले पनि मतपत्र च्यात्ने तथा बुथ कब्जा रोक्न विशेष रणनीति बनाएको छ ।  कतिपय स्थानीय तहमा थोरै मत अन्तरले हारजित हुने भएकाको हार्ने निश्चित भएपछि फेरि मतदान गराउन योजनाबद्ध रूपमा नै मतपत्र च्यात्न सक्ने जोखिमको सूचना पाइएको एक प्रहरी अधिकारीले बताए । बुथ कब्जामा कतिपय स्थानमा कर्मचारीले नै सहयोग गर्न सक्ने भएकाले कर्मचारीलाई समेत निगरानीमा राख्न निर्देशन दिइएको छ ।

शनिबार बेलुकादेखि सीमा बन्द:  निर्वाचन सुरक्षालाई ध्यानमा राखी शनिबार राति १२ बजेदेखि भारतस“ग सीमा जोडिएका नाका बन्द गरिने भएको छ । चुनावमा सीमापारिबाट घुसपैठ हुन सक्ने भएकाले सीमा बन्द गर्न लागिएको हो । सीमा ७२ घन्टासम्म बन्द गरिने गृह मत्रालयका प्रवक्ता सुवेदीले बताए ।