बिहिबार, चैत्र १५, २०८०

वागमती नदीका सुुकुम्बासीलाई आवासको व्यवस्था

काठमाडौं असोज ६ , सहरी विकास मन्त्रालयले गरिवी निवारण मन्त्रालयसँग सहकार्य गरी एक महिना भित्रमा वागमती नदी किनारमा बसोबास गर्दै आएका सुुकुम्बासीलाई आवासको व्यवस्थापन गर्ने भएको छ । सहरी विकास मन्त्री प्रभु साहको संयोजकत्वमा शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले

dav

बैठकमा मन्त्री साहले नदी किनारामा अव्यवस्थित रुपमा बसोबास गरेका लक्षित समुदायलाई आवासको व्यवस्थापन गर्न लागिएको बताए । मन्त्री साहले जबसम्म नदी किनाराका अव्यवस्थित बस्तीको पुर्नवास गर्न सकिदैन तबसम्म राजधानी सहर व्वस्थापन हुन नसक्ने भएकाले आवासको विकल्पसहित खाली गराउनु पर्ने बताउनुभयो । वागमती आसपासमा बसोवास गर्ने अव्यवस्थित वस्तीहरुको पहिचान गरि पुर्नवासको व्यवस्थापन गर्न लागिएको मन्त्री साहले बत��एका छन । बागमतीको धोविखोलादेखि बल्खु चक्रपथसम्म नदी किनारामा बसेको बस्तीको उचित पहिचान गरि इँचाइगुनारायणमा सरकारले आवास निर्माण गरेको छ । तत्कालिन माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा न्यून आय वर्गको लागि संयुक्त आवास निर्माण कार्य अन्तर्गत पहिलो चरणमा २०६९ भदौं १ गते आवास निर्माण गर्ने सहमति भएको थियो ।

4सोही क्षेत्रमा मंसिर १० गते दोस्रो चरणको सम्झौता भई आवास निर्माणको काम सुरु भएको हो । २ सय ३० भवन र २ सममुदायिक भवन निर्माण गर्ने सम्झौता भए बमोजिम अहिलेसम्म २ सय २४ परिवारका लागी आवास निर्माण भैसकेका छन । जसमा २ वटा सामुदायिक भवन समेत निर्माण सम्पन्न भएका छन । भन्डै १५ करोडकोलागतमा संयुक्त आवास निर्माण भएको काठमाडौं डिभिजन कार्यालय प्रमुख बसन्त कुरार राईले जनाएका छन । सात रोपनी ७ आना एक पैसा एक दाम क्षेत्रफलमा आवास निर्माण भएका हुन । आवास ५ तलासम्मका छन ।