बिहिबार, बैशाख १३, २०८१

लागुऔषधसहित विदेशी नागरिक पक्राउ

काठमाडौ असोज ८,  नेपाल प्रहरीले विशेष टोलीले शनिवार शनिबार ठमेलबाट लागुऔषध लागुऔषध कोकिनसहित बोलिभियन र भारतीय नागरिकलाई पक्राउ Cenw_DjXIAAUHjoगरेको छ । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा पासपोर्ट नं ए ९६२२३१ वाहक २७ वर्षीय बोलिभियन नागरिक अधेमर एनेज्लोपेज र पासपोर्ट नं एच ३७९१७५० बाहक ५९ वर्षीया भारतीय महिला कमर जहनलाई दुई किलो ७०० ग्राम कोकिनसहित नियन्त्रण लिएको जनाएको छ ।

प्रहरीका अनुसार चार दिनअघि नेपाल आएका एनेज्लोपेज र भारतीय महिला कमर जहनको क्रिायकलाप शंकास्पद देखिएका कारण उच्च निगरानीमा राख्दै अनुसन्धान थालेका नेपाल प्रहरीले अभियुत्त,बाट अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो रु एक करोडदेखि रु दुुई करोडसम्म पर्ने लागुऔषध कोकिन सहित पक्राउ गरिएको जनाएको छ ।