शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारी सरोकारवालानिकायका प्रतिनीधीवीच सडक दुर्घटना न्यूनीकरणबारे छलफल

काठमाडौं असोज ४ , राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सडक दुर्घटना न्यूनीकरण तथा दुर्घटनामा मानवीय क्षति कम गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल गरेकी छन् ।
राष्ट्रपति भवनमा गरिएको उक्त छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर वलायर, भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री सीता गुरुङ्ग, Capture 1महानगरीय ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाल, अर्थोपेडिक डाक्टरहरु, सम्बन्धित यातायात व्यवसायीका पदाधिकारी एवम् सोधकर्ता लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै छलफलमा सडक विभागका कर्मचारी डा पदमबहादुर शाहीले नेपालमा वर्षेनि २ हजार मानिसको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको र त्यसमा पनि ३२ प्रतिशत सडक दुर्घटना चालककै लापरबाहीका कारण हुने गरेको तथ्यांक प्रस्तुत् गर्दै सडकको अवस्था, चालकको लापरबाहीजस्ता कारणले सडक दुर्घटना बढेको जानकारी दिनु भएको थियो भने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी सर्वेन्द्र खनालले जनसंख्याको अनुपातमा ट्राफिक प्रहरीहरुको संख्या निकै कम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या रहेका बताउँनु भएको थियो । सरोकारवालको अभिव्यक्ति पछि छलफलमा राष्ट्रपति भण्डारीले सरकारका सरोकारवाला निकायहरुले सडक दुर्घटना कम गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको थियो ।