शुक्रबार, बैशाख १४, २०८१

राजपाका नेता कर्ण र उम्मेदवार शाहसँग स्पष्टीकरण माग

pressreleasefirstasojकाठमाडौ असोज १,  निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण र सो दलका जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेवार धुरन्दर साहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा नेता कर्णले १५० नेता कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको उल्लेख गरिएको छ ।