शनिबार, बैशाख ८, २०८१

रन्के बन्यो डा. रन्के !

लघुकथा:   शशांक शर्मा(कृष्ण पौडेल) बेलायत

रन्के बस्थ्यो त किर्तिपुर तर उसको कलेज भने महाराजगंजको मेडिकल कलेज थियो।आफु पनी सफाचट देख्नमा मेडिकलकै छात्र जस्तो देखिन्थ्यो तर कुराकानिबाट प्रस्ट थाहा पाउँन सकिन्थ्यो कि उसमा मेडिकल साइन्सको बिर्धाथी मा हुने कुनै ट्यालेन्ट थिएन। ऊ एक सन्काहा थियो,सानाले हुने कामको लागी ठुलै औजारको खोजीमा हुन्थ्यो। कहिले त हातको नङ काटन कसाईले प्रयोग गर्ने ठुला राँगा काट्ने खुडाँ प्रयोग गरेको देखिन्थ्यो कहिले भने भक्तपुरको घ्युसिमी काटन ठुलो खुकुरीमा साँध लगाइ राखेको हुन्थ्यो।भाँडा सस्तो पाईने भएकोले उ बस्थ्यो किर्तिपुर भन्ने कुनै ठाँउ थिएन। कारण लामो दुरीका काठमाडौंका बसमा महिलालाई छेडछाड गर्न बढी समय पाइने भएकोले रन्के किर्तिपुरलाई नै मन पराऊथ्यो।

कुनै दिन त ऊ बिनाकाम तिन चार पल्टकिर्तिपुर देखी माहाराजगंन्ज सम्मको यात्रा तय गर्थ्यो।यसैमा रन्के सभ्रान्त परिवारको छोरा थियो । यो कुरा समय समयमा रन्केलाई भेटन आउने उसको पिताजीको रहन सहन र बोलीवचनबाट प्रस्ट थाहा हुन्थ्यो। खैजुको पसल अगाडी पार्क गरेको उसको पिताजीको लेन्ड रोभर गाडी हेर्न मान्छेको भिडै लाग्थ्यो। कति अविवाहित कन्या त गाडी देखेकै भरमा रन्केलाई फलाई किस दिन पछि पर्दैनथे। रन्के आफुले चाहेको भए आफ्नै लेन्ड रोभर गाडी चलाउन सक्थ्यो तर पब्लिक बसमा महिलालाई छेड छाड गर्न पल्केको रन्के के हिडथ्यो आफ्नै गाडीमा। बिस्तारै बिस्तारै हाम्रो चिनजान भएको र एउटै घरमा डेरा गरी बसेको पनी चार बर्ष पुरा भई पाचौ बर्षमा प्रवेश हुदै थियो।

रन्के अब डा. रन्के हुदै थियो। हामी सबै लाई बिना संकोच भन्ने गर्थ्यो सबै सेमेस्टरमा ९८ को माथी छ रिजल्ट,सोचे भन्दा राम्रो भै राछ। तर मेरो मनमनै एक शंका थियो कारण एक दिन मेरो परिक्षा छ आज भनी निस्केको रन्के परिक्षाको निर्धारित समय भित्रै मसंग संयोगले बागबजारको सेकुवा कर्नरमा एक सुन्दरीको साथ देखा परेको थियो। सायद रन्के लाई म राम्रो संग चिन्ने भएर होला पनी। हुनपनी मेरो कोठा र रन्केको कोठा संगै जोडिएका थिए। रन्के रातको करिब एक दुई घन्टा म संग बेकारका गफमारी मेलै ल जा गफाडी भने पछी हुन्छ गुड नाईट भनी गैहाल्थ्यो।बिस्तारै त्यो बचेको एक बर्ष पनी पुरा भयो रन्के अब डा।

रन्के हुदै थियो ऊसले फर्लट गरेका सयौ युवती श्रीमति डा।रन्के हुने सपनामा थिए।आखिर रन्केले मेडिकल डा।को उपाधी हात पारी हाल्यो। बडो ताम झामका बिच रन्के ले डा।को उपाधी कुलपतिको हातबाट हजारौ तालीको गडगडाहटको बिच लिइ हाल्यो। रन्केले उपाधी लिएको फोटो उतार्न हजारौ पत्रकारको लाइन र राम्रो भ्यूको लागी मैदानमा मारामारी थियो। त्यो दिन रन्केले खैजुको घरमा डेरा गरी बस्ने सबैलाई गाडीको ब्यबस्था गरेको थियो जसका सवारक हामी खुबी र ट्यालेन्टको नभै कुदरतको करिष्मा भन्दै त्यो दृष्य नियाली राखेका थियौ। रन्के त्यस दिन देखी बिधीबत रुपले डा. रन्के भयो र हस्पिटलमा सिनीयर डा।को निगरानीमा बिमारी चेकिङ्ग शुरु गर्न थाल्यो। जब देखी डा।रन्केले एकल चेकअप शुरु गर्यो त्यो दिन देखी शुरु भयो ऊसको योग्यताको कडी र प्रश्न चिन्ह।

जब करोडौ खर्च गरी उसको पिताले प्राइभेट हस्पिटल खोली डा। रन्के को जिम्मामा छोडी दिए त्यस दिन देखी सबै बिरामी ले उसको स्वास्थ उपचारमा निकै कमी भएको गुनासो गर्न थाले। यहाँ सम्मकि ऊसलाई बलड प्रेसरको नाप सम्म नआऊने भनि गाईगुई हुन थाल्यो। मानब सेल जुन मेडिकल साइन्स को मुख्य बिषयको बारे त उसलाई केही थाहा नै थिएन।एक सर्जन डा. रन्केले शुरुकै अपरेशनमा अक्षम्य गल्ति गरेछ।

एक्सरे रिपोट अनुसार बिरामीको दाहिने अन्डकोषको अपरेसन हुनुपर्नेमा देब्रेअन्डकोष निकाली फालेछ। त्यसमा पनि सामान्य चिरफारले ठिक हुने रिमुभ गर्न नपर्ने। यसको मतलब डा. रन्केलाई सामान्य एक्सरे रिपोट पनी रिड गर्न नआउने रहेछ। फोक्सोको समस्याले अस्पताल गएका लाई मुटुको समस्या ठिक गर्ने औषधी लेखी पठाउने,सामान्य झाडा बान्ता भएका लाई अपरेसनगर्न लगाई अपरेसनको समय मानब संबेदनशिल अंग किडनी निकाली दिने,टाउको दुखेर अस्पताल गएका लाइ पेटको एक्सरे गर्न लगाइ हजारौ रुपयाको औषधीको लिस्ट थमाइ दिने,अपरेसन पश्चात बिरामीकै शरिर भित्र उपकरणहरु छाडी दिने,सानो कटबाट हुने अपरेसनको भयानक बनाईदिने,पशुलाई दिने मेडिसिन मान्छे लाई दिने,जथाभाबी नशा काँटि अस्पतालमै अपाङग बनाई दिने,बल्ड निकाल्दा चाहिने भन्दा बढि निकाल्ने, इन्जेक्सन लगाउदा साठी माइलको स्पिडमा हातको गति बनाई दबाईदिने,पित्तथैलीको अपरेसन हुनुपर्नेमा किड्नीको गरिदिने जस्ता अनगिन्ती मानब अपराध उसको हातबाट हुन गयो।

आखिर यो कुरा एक कान दोकान हुदै सबै लाई थाहा भयो। उसको हातबाट उपचार गरेका कुनै एकको पनी रोग निको नभइ झनै भयाबय स्थितिमा पुगेको कुरा सबै लाई थाहा हुँदै गयो। धेरै जसो त मृत्युलाके पुगी सके बाँकी बाटो तय गरी सकेका रहेछन। एक दिन अपरेसनकै समयमा डा।रन्केको कार्यशैलीमा प्रश्न उठाई एक पेशा प्रति समर्पित महिलाले उसको हस्पिटलबाट राजिनामा गरेको जव खबर बाहिर आयो अनी बल्ल पिडितका परिबारले निष्पक्ष छानबिन,कारबाही एवं अरबौको क्षतीपुर्तिको माग सहित हस्पिटलमा धर्ना एवं ब्यापक जनदबाब शुरु गरे। सारा देश कर्फुयमा बदलियो।जन सरोकारको बिषय भएकोले सबैले पिडितलाई साथ दिए। यो जघन्य अफराधको देश भरी एवं अन्तराष्टिय समुदायबाट बिरोध पश्चात अन्तिममा भ्रष्ट्राचारी एवं कमिसनखोरको हातबाट सञ्चालित सरकारले डा.रन्केलाई कब्जामा लिई एक छानबिन समिति बनायो। समितिकोे रिपोट अनुसार डा।रन्केका सबै लेभलका प्रमाणपत्र नक्कली नभई पैसाले किनिएका सक्कली भएको पत्ता लाग्यो।

उसका हरेक परिक्षाको सिसीटिभी मनीटर हेर्दा रन्केले आफ्नो परिक्षा आफैले नभई उरुलाई दिन लगाएको देखियो।एक परिक्षामा लेखे बापत ति मेडिकल लाईनका बिशेषज्ञलाइ लाखौं थमाईदिने रहेछ रन्केले। रिपोटबाट रन्के मात्र नभइ हजारौ अरु पनि रहेको पुस्टि हुन गयो। मेडिकल कलेजमा भर्ना देखी लिएर परिक्षा स्थलमा प्रबेस पत्र र परिक्षार्थी चेक गर्नेको त्यो लहरोमा पुर्ब देखी बर्तमान उपकुलपति,डिन,रेक्टर,प्रसासनिक अधिकारी देखी मन्त्री,प्रधानमन्त्री,बिपक्षी दलका नेता,मुख्य दलका चर्को देखी नरम भाषण गर्ने नेतागण सबैको संलग्नता भएको पत्ता लागेपछि पलासको खम्बामा अडिएको नेपालको उत्तरको डमी सरकार बिघटन भयो। घुसखोर,भ्रष्ट्राचारी र माफियाले आफु अनुकुलको अर्को दक्षिणको डमी सरकार बनाए। कुलपती,उपकुलपती,डिन,,रेक्टर देखी मन्त्री सबै नयाँ आए। आयोग थला पर्यो र छानबिनको काम बन्द भयो फलस्वरुफ देशभर बाट एकै दिन सयौ डाक्टरहरुको नेगलिजेन्सको कारण मृत्तु भएका घटना आउन थाले। अझै थाहा छैन कसैलाई डा। रन्के जस्ता नक्कलि डाक्टर कति छन र तिनैले असंख्य बिरामीको अपरेसन देखी मेडिसीनको लिस्ट बनाई रहेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।