शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम

काठमाडौ भाद्र २७,  निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम स्वीक्रृत गरी सार्वजनिक गरेकोे छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामासोमवार कसेको बैठकले दुवै निर्वाचनको बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको 870880256समय निर्धारण सहित समानुपातिक निर्वाचन प्रणालीका लागि यही भाद्र २४ गतेदेखि र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कात्तिक ५ गतेदेखि ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भाद्र २७ गतेसम्म आयोगमा पेश गरेको निवेदन अनुसार दलको नामावली प्रकाशित गर्ने, भाद्र २९ गते प्रकाशित सूचीमा नाम रहेका राजनीतिक दलले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिने तथा निर्वाचनमा भाग लिने राजनीतिक दलको अन्तिम नामावली भाद्र ३० गते प्रकाशित गर्ने तयारी आयोगले गरेको छ ।

त्यस्तै प्रकाशित निर्वाचन कार्यक्रम अन्र्तगत पहिलो चरणको प्रत्यक्ष निर्वाचनतर्फ मंसिर १० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता कातिक ५ गतेका लागि तोकिएको भने उम्मेदवारलाई निर्वाचन चिह्न कात्तिक ८ गते प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले आज सार्वजनिक गरेको छ । त्यस्तैगरि दोस्रो चरण अन्र्तगत प्रत्यक्ष निर्वाचनतर्फ मंसिर २१ गते हुने निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा कातिक १९ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । त्यस्तै राजनीतिक दलहरुले उम्मेदवारको बन्द सूची असोज २९ गते पेश गर्नुपर्ने गरी आयोगले निर्वाचन कार्यतालिका सहित यसवीचमा हुँने सम्पूर्ण प्रत्रियाको पछि उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने मिति भने मंसिर ३गतेका लागि तोकेका छन ।