बिहिबार, बैशाख १३, २०८१

म.प.को निर्णविरुद्ध आन्दोलित संघले शुक्रवारबाट मुलुकभरका सरकारी तथा निजी अस्पताल ठप्प गर्ने

काठमाडौं असोज ५ , मन्त्रीपरिषदको गत असोज २ गते बसेको बैठक मार्फत सरकारले उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित डाक्टरबाटै क्षतिपूर्ति भराउने’ निर्णय गरसंगै सरकारको प्रस्तुत निर्णय विरुद्ध आन्दोलित भएका नेपाल चिकित्सक संघको अगुवाइमा असोज गतेबाट ६ गतेदेखि मुलुकभरका सरकारी तथा निजी अस्पताल ठप्प हुने भएको छ ।

Pressमन्त्रिपरिषदको बैठकमा विभागीय मन्त्री समेत उपस्थित नभएको समयमा विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन सहित सरकारी अस्पतालबाट प्रदान गरिने इमर्जेन्सीबाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै संघले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा ऐन २०६६ र नियमावली–२०६९ अनुसार चिकित्सकको लापर्वाहीले आकस्मिक मृत्यु भएमा क्षतिपूर्ति भराउने व्यवस्था हुँदाहुँदै सरकारले गरेको यस निर्णय कुन उद्देश्यले, कसबाट उत्प्रेरित भएर गरेको हो भन्ने सवालमा चिकित्सकहरू समेत रनभुल्ल रहेको जिकिर गर्दै स।घले बाध्य भएर चाडपर्वको मुखमा ३ बुँदे माग अस्पताल बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।  संघका महासिचिव डा.लोचन कार्कीद्दारा जारी उक्त विज्ञप्तिमा सरकाले विगतमा संघसंग गरेको सम्झौको अक्षरस पालना सहित मन्त्रीपरिषदबाट भएको प्रस्तुत निर्णय अविलम्व फिर्ता गर्नु र स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली२०६९मा आवश्यक परिमार्जन गर्दै स्वास्थ्यकर्मीमाथि आतपात गर्ने स्वास्थ्य संस्था तोडफोड गर्नेलाइ विना धरौटी जेल चलान गर्ने व्यवस्था राख माग गरेको छ ।