शुक्रबार, चैत्र १६, २०८०

मेक्सिको भूकम्पमा सरकारद्दारा दुःख व्यक्त

काठमाडौ असोज ६,  सरकारले मेक्सिकोमा गत असोज ३ गते गएको भूकम्पका परी धेरैको ज्यान गएको र घाइते भएको तथा भौतिक सम्पत्ति विनाश भएकामा दुःख व्यक्त गरेको छ ।
Capture
परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना सहित मन्त्रालयले प्राकृतिक विपत्तिमा परेको मेक्सिकोको साथमा नेपाल रहेको स्पष्ट पारेको छ ।