शुक्रबार, बैशाख १४, २०८१

मिस्टर एण्ड मिस नेपाल आइकोनिक ताज रोशन र सृजनालाइ

सूर्यचन्द/  काठमाडौ भाद्र १६,  मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ क्रिएसन प्रोडक्सन प्रालि र ओईसिस ईण्टरटेनमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको मिस्टर एण्ड मिस नेपाल आइकोनिक २०१७ को उपाधी रोशन पाण्डे र सृजना पाण्डेले हात पारेका छन । राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगीतामा अन्य प्रतिस्प्रधी भन्दा फरक,बिउटिफ़ुल ह्यान्डसम र बौद्धिक रुपमा अब्बल साबित गर्दै बाँकी प्रतिस्प्रधीहरुलाई पछि पार्दै रोशन पाण्डे र सृजना पाण्डेले उक्त 21150296_1931895243732215_814195665887910308_nताज पहिरहन सफल भएका हो ।

त्यस्तै प्रतियोगिताको मिस्टर तर्फ फर्स्ट रनरअप प्रकाश गौतम र सेकेन्ड रनरअप सुजन रेग्मी बन्न सफल भएका थिए भने मिस तर्फ फर्स्ट रनरअप सम्प्रदा लामिछाने र सन्जु सुवाल सेकेन्ड रनरअप घोषित भएका थिए ।

आयोजक संस्था क्रिएसन प्रोडक्सन प्रालिकि सी ई ओ शोभा पौडेलका अनुसार प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइ , पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य प्रस्तुत प्रतियोगिताले गरेको जानकारी गराईन  ।
21150214_1673654622668698_5526821150117649861_nनिरुता स्याङ्ग्तानका कोरियोग्राफरमा सम्पन्न यस प्रतियोगिताको निर्णायकमा निर्माता सुनिल रावल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, मोडल तथा नायिका खुस्बु खड्का, निर्देशक दिनेश राउत, लेखक केदार भुसाल रहनु भएको  थियो भने । त्यस्तै कार्यक्रमको संचालन यसोधा राइले गरेकी थिइन् ।