बिहिबार, बैशाख ६, २०८१

भीमसेनको मूर्तिमा ‘पसिना’ आएपछि राष्ट्रपतिले क्षमापूजा पठाए

काठमाडौं असोज ११ , दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको मूर्तिमा ‘पसिना’ आएको छ । मंगलबार दिउँसो २ बजेर ५५ मिनेटमा भीमेश्वरको शिलाको दायाँ–बायाँ दुवै भागबाट पसिना आएको र बीचमा रोकिएको थियो । त्यस्तै पुनः अपराह्न पौन ४ बजेदेखि बायाँपट्टि र शिलाको बीच भागबाट पसिना आएर रोकिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Captureस्मरण रहोस भीमेश्वरको शिलाको दायाँपट्टि पसिना आउँदा राजापक्ष र बायाँपट्टि पसिना आउँदा जनतालाई अनिष्ट हुने मान्यता सहितथ मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीयरुपमा क्षमापूजा–अर्चना गरेका छन् ।

यसैवीच दोलखास्थित भीमेश्वरको शिलामा पसिना आएको खवर पाएपछि राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संभावित अनिष्ठ निवारणको कामना सहित आज मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकी छिन् ।

यसअघि २०७० सालमा पनि सो मन्दिरका देवतालाई पसिना आएपछि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले क्षमा पूजा गरेका थिए । स्मरण रहोस यसअघि, २०६२र०६३ को जनआन्दोलन सुरु हुनुभन्दा एक महिनाअघि पनि यसैगरी पसिना आएको थियो भने राजा वीरेन्द्रको वंशनाश हुनुभन्दा डेढ महिनाअघि पनि यसैगरी पसिना आएको स्थानीयलाइ उखृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको
छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031