शुक्रबार, बैशाख ७, २०८१

बालअधिकारको सम्मान गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं भाद्र २९ बालमैत्री शासनः बालअधिकारको सम्मान भन्ने सन्देशका साथ आज राष्ट्रिय बाल दिवस देशभर मनाईदैं छ । राज्य र सरोकारवाला निकायले बाल दिवस मनाउँदै गरेको अवस्थामा देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको Captureसंख्या ज्यूँका त्युँ रहेको अधिकारकर्मीहरुले बताएका छन ।

यसैवीच बाल दिवस २०७४ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बालमैत्रीपूर्ण शासनमार्फत बालअधिकारको सम्मान गर्न सबैमा आह्वान गर्नुभएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सन्देशमा गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा पहुँच वृद्धि गरी बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार, शोषणलगायत बाल विवाहजस्ता कूप्रचलन पूर्णरुपमा समाप्त गर्दै बास्तविक रुपमा बालअधिकार प्रवद्र्धन गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ, उहाँले सन्देशमा भन्नुभएको छ– ‘बालअधिकार हननका घटनाबाट बालबालिकालाई जोगाउन सम्बद्ध सबै पक्ष निरन्तर प्रयत्नशील रहनु पर्ने उल्लेख गर्दै सम्पूर्ण जालवालिकामा सुख, शान्ति, समृद्धि एवं शिक्षाप्राप्तिको अवसर सम्पूर्ण बालबालिकालाई प्राप्त होस् भनी कामना गर्नुभएको गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031