शुक्रबार, चैत्र १६, २०८०

बर्तौला अ.ने.खे.महासंघको केन्द्रीय उपाधक्ष्यमा निर्वाचित

काठमाडौ भाद्र १८,     नेपाली खेलकुदको बृहत्तर बिकाशमा सक्रिय रहेर सदैब खेलकुदको हकहितमा बोल्दै अनि लड्दै आएका क्योकुसिन करातेको प्रशिक्षक जनक बर्तौला अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाधक्ष्यमा बिजयी भएका छन । अखिल नेपाल खेलकुद महासंघ एकताको प्रथम राष्ट्रिय सम्मेलनबाट 21291834_1981575948792804_2102532446_nउनि सर्ब सम्मत रुपमा अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष्य, प्रदेश न. ३ फ्र्याक्सन कमिटिका इञ्चार्जका रुपमा छानिएका हुन् । यस भन्दा अगाडिको कार्यकालमा समेत केन्द्रीय उपाध्यक्ष रहिसकेका माओबादी पार्टीका मजदुर नेता समेत रहेका छन ।

अन्याय र अत्याचारको बिरुद्द सधै अगाडी बढ्ने  बर्तौलाको कामको शैली उनको मिलनसार ब्यबहार, महासंघ भित्रको इमान्दारिता, खेलकुद र खेलाडीको हितमा सधै बैचारिक लडाइमा आफुलाई समर्पित गर्दैआएक कारणनै सम्मेलन बाट केन्द्रिय उपाधक्ष्य चुनिएको अखिल नेपाल खेलकुद महासंघका प्रतिनिधिहरुले बताएका छन ।
विभिन्न समयमा विभिन्न उदारणीय कार्य गरेर सधै चर्चामा रहने जनक बर्तौलाले अबको दिनमा अझ बढी समय खर्चेर भए पनि खेलकुद र खेलाडीको पक्षमा लड्ने र उनीहरुको हकहित तथा समग्र राष्ट्रको शिर उच्च राख्दै अखिल नेपाल खेलकुद महासंघलाइ मुलुकको नै एक गौरवशाली सस्थाको रुपमा सस्थागत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन ।