शनिबार, बैशाख ८, २०८१

बकर–ईदले धार्मिक सहिष्णुता ,आपसी सद्भाव कायम गर्न योगदान पु-याएको छ:राष्ट्रपति भण्डारी

काठमाडौ भाद्र १८,  इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश Anup_20161109_23तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी सन्देशमा उहाँले विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पु¥याएको उल्लेख गर्दै भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन् । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ, बकर ईद पर्वको पावन अवसरमा मेरो सबैमा हार्दिक शुभकामना छ भन्नु भएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पर्व बकर इद (इद–उल–जोहा) को सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै जारी शुभकामना सन्देशमा पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि  हुँदै जओस भन्ने चाहना अभिव्यक्त गर्नु भएको छ । साथै समृद्ध राष्ट्र र राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।