मङ्लबार, बैशाख ४, २०८१

प्रम देउवा र उपप्रम गच्छदारद्दारा बकर इदको शुभकामना अभिव्यक्त

काठमाडौ भाद्र १८,  प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद अर्थात इद–उल–जोहाका अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।  प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देश दिँदै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान हो भन्दै यसले समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

Capture1साथै सन्देशमा प्म देउवाले संविधानमा रहेको राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुसलमान समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुने जनाउँदै प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको आफुले अपेक्षा गरेको जिकिर गर्दै संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना गर्नु भएको छ ।

यसैवीच नेपाल सरकारका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पनि इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै प्रस्तुत पर्वले सम्पूर्ण नेपालीहरूमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त गर्नु भएको छ ।