शनिबार, बैशाख ८, २०८१

नेपाल विद्यावारिधि संघको अध्यक्षमा डा.अर्याल

काठमाडौं असोज १,  २०६५ साल कार्तिक २३ गते विधिवत स्थापना भइ देशभित्र र बाहिर विभिन्न संयन्त्र खोली राष्ट्रकै ‘थिंक ट्यांक’ को रूपमा महत्वपूर्ण भूमिका खेल्दै नेपाल विद्यावारिधि संघको (Nepal PhD Association-PAN) शनिबार राति सम्पन्न ९औं वार्षिक साधारण सभाले डा. डिल्लीराज अर्यालको अध्यक्षतामा ११ NPAसदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।
समितिको उपाध्यक्षमा डा. विष्णुप्रसाद गौतम, महासचिवमा डा. सुनीलबाबु श्रेष्ठ, सचिवमा डा. महेन्द्र विष्ट र कोषाध्यक्षमा डा. सुमित्रा अमात्य चयन हुनुभएको छ । यसैगरी कार्यसमितिको सदस्यमा संघका पूर्वअध्यक्ष डा. बालचन्द्र मिश्र, डा. आलोकबाबु प्रसाईं, डा. ज्ञानेन्द्ररत्न तुलाधर, डा. कृष्णकुमार तामाङ, डा. रमेश पराजुली र डा. गोविन्दप्रसाद गुरागाईं चयन हुनुभएको छ ।
साधारणसभाले तत्कालीन महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्नुका साथै मुलुकको समसामयिक अवस्थामा बौद्धिक क्षेत्रको भूमिका एबं संघको भावी कार्यक्रम तय महासचिवडा. सुनीलबाबु श्रेष्ठद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।