शुक्रबार, बैशाख ७, २०८१

नेपाल आईडलका प्रतिस्प्रधी गगनको बताससंगै रिलिज

काठमाडौं असोज २ , नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन । बतास सँगै गीतलाई निमुखा युबराजले लेखेका हुन भने पछील्लो समयका चर्चित संगितकार कल्याण सिंहले संगीत दिएका हुन । गोपाल Captureरसाईलीको संगीत संयोजनमा तयार भएको गीत गायक गगन फुँयालको पहिलो एल्बम प्रगतीुद चेन्जुमा समाबेश हुने गीत हो । यस् गीतको भिडियोलाई अनिल के मानन्धरको छाँयाकंनमा सागर राजले निर्देशन गरेका हुन भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

गायक फुँयाल नेपाली ताराको टप २० र नेपाल आईडलको थिएटर राउन्डबाट बाहिरिएका थिए । उनी भन्छन९ नेपाल आईडलबाट आउट भएपनी, त्यो एउटा रियालिटी शो को परम्परा रहेको र ईलिमिनेसन एउटा प्रकृया भएकाले आफु त्यसबाट बाहिरिएपनि नेपाली साँगितिक क्षेत्रमा आफुले छुट्टै पहिचान बनाउन खोजेको बताए । नेपालमा हुने गरेका रियालिटी शो मध्यको उत्कृष्ट शोको रुपमा रहेको नेपाल आईडललाई उनले त्यो शो को बिरोध भन्दा समर्थन गर्नु आबश्यक रहेकोमा जोड दिए ।  भिडियोको बारेमा गगन भन्छन – मेरो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छु, दर्शक, श्रोता तथा मिडियाको साथ, माया पाए भने नयाँ नयाँ गीत लिएर आउने छु।  डोरेमी म्युजिक पाठशालाको संगीत विद्यार्थी समेत रहेका गगनले यस् गीतको प्रतिकृया पछी एल्बमको अन्य गीतको काम गरिने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031