शुक्रबार, चैत्र १६, २०८०

निर्वाचनले लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् : राष्ट्रपति

सन्दर्भ : संविधान दिवस
काठमाडौ असोज ३ , मुलुकमा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन बाट प्राप्त उपलब्धि संस्थागत अर्थात आजकै दिन नेपालको संविधान जारी भइ मनाउदै आएको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देशर समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले जारी गर्नु भएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ । त्यस्तै सन्देशमा उहाँले संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ । यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानुनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने विश्वास लिएको बताउँनु भएको छ ।

साथै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउँदै उहाँले सन्देशमा कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित रहनु जरुरी भएकामा जोड दिदै नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान दिवसका अवसरमा देशविदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै  संविधान कार्यान्वयनका प्रमुख पक्ष स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र संघको निर्वाचन घोषणा भइसकेको बताउँदै संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश नं २ मा उत्सवका रूपमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने मतदातामा बधाई ज्ञापन गर्नुभएको छ ।  स्थानीय तहमा जस्तै प्रदेश र संघको निर्वाचनमा उत्साहका साथ सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा दु्रततर गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।