शनिबार, बैशाख ८, २०८१

निगमका कार्यकारी निर्देशक खड्का पदमुक्त

bd0373d8cab6208745b18dec14a367faकाठमाडौं असोज २, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई ‘पदमुक्त’ गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस अनुरुप नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई ‘पदमुक्त’ गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनु भएको छ ।

कार्यकारी निर्देशक खड्का २०७१ माघ १४ मा आयल निगममा कार्यकारी निर्देशक नियुक्त भएका हुन् । तत्कालीन मन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा नियुक्त भएका खड्का पदमा बहाल भएदेखि नै विवादास्पद बन्दै आएको थियो । त्यस्तै खड्का पछिल्लो विवादास्पद प्रकरण भनेको ९० दिनसम्मको पेट्रोलियम पदार्थ पुग्ने भण्डारण बनाउन भैरहवा, झापा, चितवन र सर्लाहीमा जग्गा खरिद गर्दा गरेको आर्थिक अनियमितताका कारण सर्वत्र आलोचित बनेका थिए ।