शुक्रबार, चैत्र १६, २०८०

नागरिकको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौ असोज ८ , सरकारको निर्णय विरुद्ध नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकद्वारा गत असोज ६ गतेदेखि मुलुकभरका अस्पताल तथा स्वास्थ्य केन्द्रमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा बन्द गरिँदा आमनागरिकको स्वास्थ्यको अधिकार हनन् हुन गएको अवस्थाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्न सरकार र नेपाल चिकित्सक संघलाई आग्रह गरेको Thumbnails2_cp gajurelछ ।  आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्दका कारण लाखौँ मानिसको जीवन जोखिममा पर्ने भन्दै यसतर्फ सचेत भई वार्ता र संवादबाट समाधान खोज्न जारी विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

त्यस्तै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ बमोजिम बन्द हड्ताल गर्न नपाउने भनी नेपाल सरकारद्वारा घोषित स्वास्थ्य सेवाजस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य नेपालको संविधान विपरीत भएको ठहर सहित विज्ञप्तिमा आयोगले आजै गरेको स्थलगत अनुगमनबाट चिकित्सकले आकस्मिकबाहेकका स्वास्थ्य सेवा शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्दा घाइते तथा बिरामीको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको पाइएको जनाएको छ ।