शुक्रबार, चैत्र १६, २०८०

नवोदित गायिका रेश्मा भन्छीन- संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ

काठमाडौं भाद्र २७,  बिगत तिन बर्ष देखि नेपालगन्ज हुदै काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक नक्षत्रमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका 21691170_1806450846313857_576986673_nरेश्मा सानै उमेर बाट संगीतमा रुचि राख्ने गर्थिन । नेपालगंज रेडियो कृष्णसार एफ एम गायन प्रतियोगितामा २०६७ मा बिजेता भए पछि आफ्नो ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएकी गायिका रेश्माले आफ्नो बिध्यालय जिबन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रममा गित गाउने र आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्द बनाउन सफल हुने गर्थिन।

सुमधुर तथा जादुमय आवाजकी धनि गायिका रेश्माले करिब पाँच दर्जन भन्दा बेसी गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छिन भने हर किसिमको गित गाउने सक्ने क्षमता भएकी भर्सटाइल गायिका हुन उनि। लोक संगीत देखि पप, आधुनिक र चलचित्र पार्श्व गायनमा समेत आफ्नो गायन कला प्रस्तुत गरिसकेकी एक कुशल मिठो स्वरकी धनि उनि नेपालमा मात्र नभएर विदेशमा सम्म त्यतिकै चर्चित हुदै गईरहेकी छिन ।

त्यसोत गायिका रेश्मा गित संगीतलाइ देबी सरस्वतीको प्रसादको रुपमा स्वीकार्दै उनि IMG_20170831_091432थप्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।   विभिन्न सांगीतिक सम्मान समेत हात पारि सकेकी गायिका हर प्रकारको संगीतमा आफ्नो जादुमय आवाज 16113124_1705043886454554_266645996595534970_oभर्न सफल भएकी छिन यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सटाइल गायिका भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।