शनिबार, बैशाख ८, २०८१

दिदी बहिनीको आयोजनामा १०८ कन्याकुमारी पूजा

काठमाडौं भाद्र १६, सक्रिय महिलाहरुको समूह महिला दिदी बहिनीको आयोजनामा विहिवार पहिलो पटक १०८ कुमारी पूजाको आयोजना गरिएको छ । राष्ट्रिय पर्व इन्द्रजात्रा नगिचिदै गर्दा तन्त्र विधिबाट जिवित देवी श्री कुमारीको रुपमा बालिकाहरुलाई पुजिएको जानकारी दिदै समूहका अध्यक्ष चिनी हेरा शाक्यले DSC_0391DSC_0451DSC_0448DSC_0444 दिनु भएको छ ।

स्मरण रहोस   इन्द्रजात्राकै बीचमा जीवितदेवी कुमारीलाई तुलजा भवानीकोरुपमा पुजिने र सोहीक्रममा रथयात्रासमेत गरिँदै आएको छ । बि.सं. २०६७ सालमा स्थापित यस समूहको आयोजनामा यसअघि रक्तदान, तिज कार्यक्रम, शिपमूलक तालिम लगायतका रचनात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेका छन   । त्यस्तै कार्यक्रममा सहभागी कुमारीहरुसँग कुनै किसिमको शुल्क नलिएको जानकारी दिंदै यस समूहले काठमाडौं लगायत ललितपुर र भक्तपुरमा पनि समाजसेवाका विविध कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।  कुमारी पूजामा पूवै उउद्योगमन्त्री लगायतका विशेष व्यक्तित्वको   उपस्थितीरहेको  थियो ।