बिहिबार, चैत्र १५, २०८०

दशै तिहारको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता

नवलपरासी असोज ११,  अमर युवा क्लब नवलपरासीको आयोजनामा नवलपरासीको अमरौटमा आज देखी खुल्ला पुरुष भलिबल प्रतीयोगीता सुरु भएको छ । 20170927_14163720170927_142139दशै तिहार तथा छठ पर्वको पावन अवसरमा प्रतियोगीताको आयोजना गरेको क्लवले आयोजना गरेको हो ।

प्रतियोगीताको एक समारोहमा बिच रामग्राम नगरपालिकामा नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो । खेलको उद्घाटन गदै नगर प्रमुख गुप्ताले खेलाडी देशका गहना भएकाले खेलाडीहरुको उचित व्यस्थापनका लागी सरकार लाग्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

प्रतियोगीतामा नवलपरासी र रुपन्देही जिल्लाका गरी ४५ वटा टिम सहभागी छन् । प्रतियोगीतामा प्रथम टिमले नगद २० हजार र द्धितिय टिमले १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।