शनिबार, बैशाख ८, २०८१

तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव हुँने

काठमाडौं भाद्र २५ , नेपालीहरुको महान चाड बडा दशैँलाइ लक्षित गर्दै पर्यटकिय नगरी किर्तिपुरमा भाद्र २८ गतेबाट तेस्रो कीर्तिपुर दसैं तथा ब्यापार महोत्सवको आयोजना गरिने भएको छ ।  औधोगिक शान्ति नेपाल सस्थाले राईज म्युजिक प्रालि, राजकमल महर्जन तथा शशि महर्जनको संगको संयुक्त सहकार्यमा आयोजित
IMG_6725किर्तिपुरको नया बजारस्थित खेल मैदानमा भाद्र २८ बाट सुरु भइ असोज ११ गतेसम्म जारी रहने बताईएको छ ।

सांस्कृतिक महोत्सवको रुपमा सञ्चालन गरिने प्रस्तुत महोत्सव मार्फत किर्तिपुरको आन्तरिक तथा बाह्य पर्यटनलाइ दरिलो बनाउँदै किर्तिपुरको परिचयलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा थप विस्तारित गर्ने आयोजकहरुको लक्ष्य रहेको छ ।  त्यस्तै कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शनका लागि महोत्सवमा कीर्तिपुर नगरपालिकाका १ं० वटा वडाका लागि एक–एक वटा स्टलहरुको फ्री व्यवस्था गरिएको छ ।

महोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राज कमल महर्जनले बताएका छन् । महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड  साथै सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था गरिनुको अलावा निशुल्क स्वास्थ्य सिबिर र रहने साथै मेलामा प्रवेश शुल्क निशुल्क रहेको जानकारी पनि ब्यबस्थापन समितिले दिएको छ ।

तेस्रो किर्तिपुर कीर्तिपुर दसैं तथा ब्यापार महोत्सव २०७४ मा करिब ५ देखि ७ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले जानकारी दिनु भएको छ ।